त्रिपुरासुन्दरी मन्दिरका एक हजार आठ सिँडि मध्येका सोह्रवटा सिँडि तोफफोड
डोल्पा । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ अन्तर्गत त्रिपुराकोटमा पर्ने प्रशिद्ध शक्तिपिठ त्रिपुरासुन्दरी मन्दिरको सिँडी तोडफोड भएको छ ।
अज्ञात समुहद्धारा मन्दिरको दक्षिणतिर बनाइएको एक हजार आठ सिँडि मध्येका सोह्रवटा सिँडि तोफफोड भएको हो ।
हिन्दूहरुको पवित्र शक्तिपिठसँगै मन्दिर जन्माउने मन्दिरको रुपमा परिचित त्रिपुरासुन्दरीमा श्रृङ्खलाबद्ध रुपमा तोडफोड भइरहेको अक्षयकोष विकास समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्यायले बताए।
विभिन्न सरकारी निकायबाट सहयोग मागेर बनाइएका सोह्रवटा सिँडिका ढुगांहरु हतौडा प्रयोग गरेर तोडफोड भएको उनले जानकारी दिए। कसले कुन कारणले सिँडि फुटायो अझै पत्ता नलागेकाले पत्ता लगाउन सम्बन्धित निकायलाई आग्रह समेत गरिएको छ ।
यसअघि पनि अज्ञात समुहरुले मन्दिरका सिँडी तोडफोड गरेपछि विज्ञप्तीनै निकालिएको थियो । त्रिपुरासुन्दरी मन्दिर दर्शनकालागि देश विदेशबाट भक्तजनहरु आउने गर्दछन् ।
सम्बन्धित समाचार
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

