सन्दीपको मुद्दामा अन्तिम सुनुवाइ असोज १ गते हुने
काठमाडौँ । नेपाली राष्ट्रिय टीमका स्पिनर सन्दीप लामिछाने विरुद्धको मुद्दामा असोज १ गते अन्तिम सुनुवाइ हुने भएको छ । गौशाला–२६ र उनको परिवारको बसाइँसराईको कागजात आएपछि असोज १ गतेका लागि पेसी तोकिएको सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले जानकारी दिए ।
यसअघि गत भदौ २१ गते काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश शकुन्तला कार्कीको इजलासले गौशाला–२६ को बसाइँसराइ तथा जन्मदर्ता सम्बन्धी थप अभिलेख झिकाउने आदेश गरेको थियो । आमाको उमेर विवाद देखिएपछि त्यसलाई पुष्टि गर्न आमाको जन्म मिति यकिन हुने गरी उनको परिवार बसाइँसराई गरी गएको काठमाडौँको एक स्थानीय तहबाट कागजात माग गरेको थियो ।
स्थानीय तहबाट बसाईसराईको उक्त कागजात आएपछि आगामी पेसी असोज १ गतेका लागि तोकिएको हो । सन्दीपविरुद्धको जबरजस्ती करणी मुद्दा हालसम्म २६ पटक पेसीमा चढिसकेको छ । उक्त मुद्दाको अन्तिम बहस भनिएतापनि पटक पटक स्थगित हुँदै आएको छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

