नवराज हत्या प्रकरण : थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला
काठमाडौं । २०७७ को जेठमा रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा गैरदलित प्रेमिका भगाउन खोज्दा नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दामा थुनामा रहेका २३ जनासहित २४ जनालाई जन्मकैदके फैसला सुनाइएको छ ।
जिल्ला अदालत रुकुमका न्यायाधीश खड्गबहादुर केसीको इजलासले एकजना नाबालकसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको हो।
आइतबारदेखि जारी अन्तिम सुनुवाइ मंगलबार सकिएपछि यस्तो फैसला आएको हो ।
२०७७ जेठ १० गते रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीमा नवराज विकसहित ६ जना किशोर तथा युवाको हत्या भएको थियो । प्रेमिका लिन भनी जाजरकोटबाट रुकुम पश्चिम गएका किशोर नवराज विक तथा उनका साथीहरूको समूहलाई सोतीका स्थानीय बासिन्दाहरूले कुटपिट गरी सेती नदीमा बगाई हत्या गरेको आरोपमा नेपाल सरकारले ३४ जनालाई मुद्दा चलाएको थियो । ३४ जनालाई प्रतिवादी बनाएर कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा मुद्दा दायर भएको थियो ।
यी हुन जन्मकैदको सजाय पाउनेहरु
सौरभ पुन
तुलाराम घर्ती
रेशम बहादुर मल्ल
रमित पुन मगर
दीपेन्द्र चन्द
तुल बहादुर मल्ल
सन्तोष मल्ल
डम्बरबहादुर मल्ल (वडाअध्यक्ष)
प्रेमबहादुर ठकुरी
विनोद मल्ल,
सर्वजित भन्ने सविन पुन
टोपबहादुर मल्ल
डिल्ली घर्ती
भीमबहादुर पुन
इन्द्रबहादुर मल्ल
तिलक चन्द
क्वापे भनिने लोकेन्द्र घर्ती
नेत्रबहादुर मल्ल
विराज पुन मगर
विष्णु मल्ल
मोहन पुन मगर
मानबहादुर मल्ल
भीमबहादुर बुढा
हर्कबहादुर मल्ल
इन्द्र बहादुर भन्ने इर्दबहादुर ठकुरी
धनाराज राना
डिल्ली मल्ल ठकुरी
नवीन कुमार घर्ती मगर
लिपेन्द्र कुमार मल्ल
सम्बन्धित समाचार
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

