Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

हिमाली भेगमा हिमपात, तराईमा हुस्सु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, माघ, १४
हिमाली भेगमा हिमपात, तराईमा हुस्सु

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। उक्त प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहेको छ भने तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

Top Changing Nepal

युट्युब सट्स