Jankari Kendra
३ भाद्र २०८३, बुधबार
Worldlink

सर्लाहीमा मोटरसाइकल दुर्घटना, एक युवकको निधन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, फाल्गुन, ८
सर्लाहीमा मोटरसाइकल दुर्घटना, एक युवकको निधन

सर्लाही । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही जिल्लाको गोडैता नगरपालिका ७ जानकी टोलका ३२ वर्षीय राकेश राउत रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका राउतलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकल साइकलसँग ठोक्किँदा दुर्घटना भएको थियो ।

सोमबार साँझ हुलाकी सडकस्थित कौडेना गाउँपालिका २ मा सदरमुकाम मलंगवाबाट गडहीयातर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आइरहेको साइकलसँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स