किन आमने सामने भए अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी र मस्क ?
काठमाडौँ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र सोसल मिडिया प्लेटफर्म एक्सका मालिक एलन मस्क आमने सामने भएका छन् ।
अष्ट्रेलियाका प्रधानमन्त्रीले अब एलन मस्कलाई ‘अहंकारी अर्बपति’ भन्दै टिप्पणी गरेका छन् । गत हप्ता सिड्नीको एक चर्चमा विशपमाथि चक्कु प्रहारको फुटेजलाई लिएर दुईबीच बहस चलिरहेको छ ।
सोमबार अष्ट्रेलियाको एक अदालतले मस्कका एक्सबाट सिड्नी आक्रमणको भिडियो हटाउन आदेश दिएको थियो ।प्रधानमन्त्री एन्थोनी अल्बानीजको बयान मस्कले एक मेम साझा गरेपछि दुवै आमने सामने देखिएका हुन् । यसमार्फत मस्कले अस्ट्रेलिया सरकारमाथि सेन्सरसिपको आरोप लगाएका थिए ।
बिशपमाथि भएको आक्रमणको भिडियो अस्ट्रेलियाका प्रयोगकर्ताहरूका लागि हटाइएको छ तर बाँकी विश्वमा भने हटाइएको छैन।
मंगलबार, प्रधानमन्त्री अल्बानीजले एबीसी न्यूजलाई भने, ‘मस्कलाई लाग्छ कि उनी कानून मात्र होइन, शिष्टताबाट पनि माथि छन् । मलाई यो असामान्य लाग्छ कि एक्सले आदेशको पालना गर्नुको सट्टा आफ्नो मुद्दा बहस गर्ने निर्णय गरेको छ ।’
सम्बन्धित समाचार
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

