Jankari Kendra
३ भाद्र २०८३, बुधबार
Worldlink

तोलामा चार सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, १७
तोलामा चार सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार छापावाला सुनको मूल्य १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यता, सोमबार तेजाबी सुनको मूल्य १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार तेजाबी सुनको मूल्य १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। आइतबार प्रतितोला ४ सय रुपैयाँले सुनको भाउ बढेको थियो। यस्तै, सोमबार चाँदी प्रतितोला १ हजार ६६५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो।

Top Changing Nepal

युट्युब सट्स