किङ्गलोङको नयाँ शो रुम काठमाडौँको पानीपोखरीमा उद्घाटन
काठमाडौँ । ग्राहकहरुमाझ लोकप्रिय इलेक्ट्रिक कमर्सियल भेहिकल, किङ्गलोङ्ग १४, १६ र १९ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलको अधिकारिक बिक्रेता सिजि मोटर्सले ग्राहकहरुको सहजताको लागि काठमाडौँको पानीपोखरीमा किङ्गलोङ्गको नयाँ सोरुमको एक कार्यक्रम बिच उद्घाटन गरेको छ। किङ्गलोङ्गका चेयरम्यान ल्यीउ झिजुनले नयाँ शोरुमको औपचारिक उद्घाटन गरेका छन्।
ब्याट्रीको पानीपोखरी स्थित नयाँ शोरुमबाट किङ्गलोङ्ग १४ सिटर माइक्रो भ्यान, १५ सिटर मिनीभ्यान, १६ सिटर मिनीभ्यान र १९ सिटर मिनीभ्यान गरी चारवटा भेरियन्टमा उपलब्ध कम्पनीले बताएको छ। सबै भेरियन्टहरुमा उत्कृष्ट क्याटल ब्याट्री टेक्नोलोजीको प्रयोग भएको जसले गर्दा एक फुल चार्जमा ३०० किलोमिटरको रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी रहेको छ । किङ्गलोङ्ग इलेक्ट्रिक कमर्सियल भेहिकलहरु मा प्रयोग भएको मोटरले उत्कृष्ट ३१० एन.एम. को टर्क जेनेरेट प्रदान गर्ने कम्पनीले बताएको छ ।
किङ्गलोङ्ग १४ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलमा ५०.२३ किलोवाटको ब्याट्री पाउन सकिनुका साथै उक्त गाडीमा ए.बि.एस. इ.बि.डि. १८० एम.एम. ग्राउण्ड क्लेरेन्स १५ इन्चको टाएर रिभर्स क्यामेरा रिभर्स क्यामेरा विथ सेन्सर ए.सि. जस्ता विशेषताहरु का साथ उक्त गाडीलाई २०% बाट ८०% चार्ज गर्न मात्र ४५ मिनेट लाग्ने जनाइएको छ भने किङ्गलोङ्ग १६ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलमा ५३.५८ किलोवाट को ब्याट्री प्रयोग गरिएको साथै उक्त गाडीमा १५ इन्चको टाएर, ए.बि.एस., सेन्ट्रल लकिङ्ग, ए.सि., रिभर्स क्यामेरा, रिभर्स पार्किङ्ग सेन्सर विथ बजर, ए.भि.ए.एस. जस्ता विशेषताहरू पाउन सकिने कम्पनिले बताएको छ ।

किङ्गलोङ्ग १९ सिटर इलेक्ट्रिक भ्यान लक्जरी सेग्मेन्ट अन्तर्गत पर्दछ र यसमा ७७.२८ किलोवाटको ब्याट्री समावेश गरिएको कम्पनिले बताएको छ । यस गाडीमा २२० एम.एम. को उत्कृष्ट ग्राउण्ड क्लेरेन्स पाउन सकिन्छ भने यसका साथै १६ इन्चको टाएर, ए.बि.एस., रिभर्स क्यामेरा, रिभर्स पार्किङ्ग सेन्सर, ए.भि.ए.एस., सेन्ट्रल लकिङ्ग, ए.सि., एल.इ.डि. डि.आर.एल. विथ प्रोजेक्टर हेड ल्याम्प जस्ता विशेषताहरू पाउन सकिन्छ। किङ्गलोङ्ग १४ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलमा ब्याट्री र मोटरमा २,००,००० किलोमिटर वा ५ वर्षको वारेन्टी पाउन सकिन्छ भने १६ सिटर र १९ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलहरुमा ४,००,००० किलोमिटर वा ७ वर्षको ब्याट्री वारेन्टि पाउन सकिन्छ।
ग्राहकहरूको माग अनुसार किङलङको पानीपोखरी सोरुमसँगै नेपालभर थप २१ वटा सोरुमबाट सेल्स तथा सर्भिसिङको सुविधा लिन सकिनुका साथै काठमाडौँमा तीन स्थानबाट सर्भिसिङको पनि सुविधा लिन सकिने बताएको छ भने नेपालभर १२० भन्दा धेरै स्थानहरूमा चार्जिङ सेवा दिँदै आइरहेको र थप ५० ठाउँमा चार्जिङ सुविधा बिक्री वितरण हुने कम्पनीको दाबी रहेको छ ।

सम्बन्धित समाचार
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ः शीर्ष ६ फाइनलिस्ट घोषणा
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
ट्रेन्डिङ
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो

