Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

चार सहिदको नाममा कार्यक्रम गरौं भन्दा कांग्रेस–एमालेका नेताहरुले नगरसभा रोकेको बालेनको आरोप

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, असार, १५
चार सहिदको नाममा कार्यक्रम गरौं भन्दा कांग्रेस–एमालेका नेताहरुले नगरसभा रोकेको बालेनको आरोप

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले चार सहिदहरुको नाममा कार्यक्रम गरौंभन्दा एमाले–कांग्रेसका नेताहरुले नगरसभा रोकेको आरोप लगाएका छन् । एमाले–कांग्रेसले वीपी र मदन भण्डारीको नाममा करोडौंको कार्यक्रम गर्न प्रस्ताव राखेको उनको भनाइ छ । आफूले मदन–बीपी भन्दा चार स्वतन्त्र सेनानी सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा कार्यक्रम गरौं भन्दा नगरसभा रोकिएको बताएका छन् ।

काठमाडौं महानगरको नगरसभा बैठक आजलाई आह्वान गरिएको थियो । राजनीतिक दलबाट निर्वाचित वडा अध्यक्ष र नगर प्रमुख शाहबीच बढ्दो असमझदारीले आजको बैठक रोकिएको बताइएको छ ।

यद्यपि, बालेनले भने कांग्रेस–एमालेका नेताहरुलाई दोष थुपार्दै भनेका छन्, ‘एमाले काङ्ग्रेसले बिपि कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ । सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तीमा उहाँहरुभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला । त्यसपछी आज बस्ने नगरसभा बैठक रोकेर जानुभयो ।’

 

Top Changing Nepal

युट्युब सट्स