पहिरोमा पुरिएर एकै परिवारका ७ सहित ११ जनाको मृत्यु
काठमाडौं । गए रातिदेखिको लगातारको वर्षाका कारण आएको पहिरोमा पुरिएर पोखरामा एकै परिवारका सात सहित ११ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका १९ तल्लोकोटमा एकै परिवारका सात जना पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।
त्यस्तै, पोखरा ३२ चैनपुरमा पहिरोमा पुरिएर तीन जनाको ज्यान गएको छ । बिहिबार राति सवा १० बजे तल्लोकोटमा पहिरोले एकतले ब्लकको गारो र टिनको छाना भएको घर पहिरोमा पुरिएको हो ।
घर पुरिँदा ४७ वर्षीय कुलबहादुर परियार, उनकी पत्नी ४३ वर्षीया मनकुमारी, आमा ८५ वर्षीया लक्षिमा, छोरी १५ वर्षीया प्रशना र २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र आफन्त राधिका परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) बसन्तकुमार शर्माले बताए ।
प्रभा चितवनबाट माइती घर आएकी थिइन् । प्रभासँग भेटघाट गर्न छिमेकी राधिका पनि आएकी थिइन् । त्यस्तै, चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा छोरी १८ वर्षीया अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र भदै ९ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक शर्माले बताए ।
सम्बन्धित समाचार
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
आजको मौसमः सातै प्रदेशमा वर्षाको सम्भावना
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

