सर्लाहीको बाँके जंगलमा यात्रुवाहक बस दुर्घटना
सर्लाही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जंगलमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । काठमाडौंबाट धरानका लागि छुटेको प्रदेश १–०२–००१ ख ९७३७ नम्बरको बस अनियन्त्रित भई बाँके खोलाको पुल र सङ्ग्रामपुरतर्फ जाने बाटोमा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकामध्ये सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका ८ का २४ वर्षीय कोआलम हजामलाई लालबन्दीमा रहेको मोडल अस्पतालमा उपचारका लागि पठाइएको छ । उनको दाहिने हात र खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
त्यस्तै अर्का घाइते सुनसरीकै हरिनगर गाउँपालिका ६ का १४ वर्षीय किशोर अब्दुल आहबको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । उनको दाहिने हात र ढाडमा भित्री चोट लागेको प्रहरीले जनाएको छ ।
यसैगरी अन्य घाइतेहरूमा धनुषा सबैला नगरपालिका ५ मखनाहाका २८ वर्षीय मुकेश रजक, सोही वडाका १७ वर्षीया प्रीति रजक र सोही नगरपालिकाकी २५ वर्षीय राघिनी रजक रहेका सर्लाही प्रहरीले जानकारी दिएको छ ।
बसका चालक धरान उपमहानगरपालिका १७ का ५६ वर्षीय राजन विकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बसमा २९ जना यात्रु सवार रहेका र पाँच जना बाहेक अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

