जीबी राई सञ्चालक नभएको एपिवन टिभीको दाबी
काठमाडौँ । अन्नपूर्ण ब्रोडकाष्ट मिडिया प्रालिले सञ्चालनकाल देखिनै गितेन्द्रबाबु (जीबी) राई नामक व्यक्ति एपीवान टिभीमा सञ्चालक नरहेको दाबी गरेको छ ।
अन्नपूर्ण ब्रोडकास्ट मिडिया प्रालिका लेखा/ व्यापार विभागका प्रमुख केशरी बल्लभ दाहालले शुक्रबार विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यममा आएका समाचारहरूप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ- ‘अन्नपूर्ण ब्रोडकाष्ट मिडिया प्रा लि(एपीवान एचडीटिभी)को सञ्चालनकालदेखि नै जीबी राई नामक व्यक्ति यस टेलिभिजनको सञ्चालक नभएको र निजले कुनै पनि सहकारी मार्फत् यस संस्थामा लगानी गरेको कुरामा कुनै सत्यता नभएको व्यहोरा सबैमा जानकारी गराउदछौं । यस टेलिभिजन प्रचलित कानून बमोजिम स्थापित भई राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र मुलुकको बृहतर हित सुशासनको संरक्षण र प्रवर्द्धन गर्न पत्रकारिताको स्थापित मूल्य मान्यता बमोजिम निष्पक्ष, स्वतन्त्र टेलिभिजन मार्फत आम नागरिकलाई सूचना संप्रेषण गरिरहेको कुरा विदितै छ ।’
एपीवान टेलिभिजनले टिभीमा सञ्चालक नरहेको दाबी गरेपनि २०१७ मा कतारमा सम्पन्न नेपाल आइडलको फिनालेमा जीबी राईले एपीवान टेलिभिजनका बोर्ड अफ डिरेक्टरको रुपमा सहभागी भएका थिए । सो भिडियो अहिले पनि युट्युबमा रहेको छ ।
सहकारी बचत अपचलन बारे संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले एपीवान टेलिभिजनमा पनि सहकारीको रकम लगानी भएको उल्लेख गरेको छ । गोर्खा मिडिया खोल्नुअघि गितेन्द्रबाबु (जीबी) राईले एपीवानमा लगानी गरेको र उक्त रकम सहकारीको भएको प्रतिवेदनमा उल्लेख छ । राई सञ्चालक रहेको काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीबाट एपीवानमा कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

