Jankari Kendra
३ भाद्र २०८३, बुधबार
Worldlink

काठमाडौं र ललितपुर जोड्ने झोलुङ्गे पुल बाढीले बगायो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, आश्विन, १२
काठमाडौं र ललितपुर जोड्ने झोलुङ्गे पुल बाढीले बगायो

काठमाडौं । लगातारको अति भारी वर्षाका कारण आएको बाढीले काठमाडौं र ललितपुरलाई जोड्ने युएन पार्कस्थित झोलुङ्गे पुल बगाएको छ । प्रहरी वृत्त बानेश्वरका डीएसपीका अनुसार बुद्धनगर र कुपण्डोललाई जोड्ने पुल बगाएको छ ।

बाढीले यस क्षेत्रको सडकमा आवागमनमा बाधा पुगेको छ, र आसपासका केही घरहरू डुबानमा परेका छन् । यस घटनाले स्थानीय बासिन्दा र यात्रुहरूको लागि थप समस्या सिर्जना गरेको छ, र प्रभावित क्षेत्रको सुरक्षा र राहतको लागि थप प्रयास आवश्यक पर्ने देखिन्छ ।

 

Top Changing Nepal

युट्युब सट्स