तस्करीमा झापा प्रहरीको कारबाही, एउटै घरबाट सवा १२ लाखको कपडा बरामद
झापा । भारतसँग जोडिएको झापाको सिमावर्ती कचनकवल गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा भन्सार छलेर ल्याइएको लत्ताकपडा बरामद गरेको छ। कचनकवल गाउँपालिका वडा नम्बर ६ की ४० वर्षीया नजमा खातुनको घरमा स्टोर गरेर राखिएको कपडा प्रहरीले बरामद गरेको हो।
गोप्य सूचनालाई पछ्याउँदै शुक्रबार बिहान साढे ८ बजे जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय बनियानी र प्रस्तावित सीमा सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी खातुनको घरमा पुगेको थियो।
घरमा गएर तलासी लिँदा भन्सार छलेर ल्याइएको ४०८ पिस साडी, त्यसको भित्री कपडा ४०० मिटर र ठसनाको कपडा ११० मिटर बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए।
बरामद कपडाको मूल्य १२ लाख २० हजार रुपैयाँ रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बरामद सामान आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा पठाइएको छ।
उक्त कपडा कचनकवल क्षेत्रकै पृथ्वीनगर तथा आसपास भारतबाट नेपाल भित्र्याइएको प्रहरीले जनाएको छ। बजारमा लगेर बिक्री-वितरण गर्नुअगावै सूचना पाएपछि प्रहरी टोली पुगेको झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।
सिमावर्ती नाकाहरूमा हुने तस्करी रोक्न प्रहरीले आक्रामक कारबाही चलाएको केसीले जानकारी दिए।
सम्बन्धित समाचार
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
आजको मौसमः सातै प्रदेशमा वर्षाको सम्भावना
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

