Jankari Kendra
३ भाद्र २०८३, बुधबार
Worldlink

बलिउड अभिनेता अर्जुन कपुरसहित ६ गम्भिर घाइते

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, माघ, ५
बलिउड अभिनेता अर्जुन कपुरसहित ६ गम्भिर घाइते

मुम्बइ । सैफ अली खानको स्वास्थ्यलाई पछि अर्को स्तब्ध पार्ने खबर बाहिर आएको छ । बलिउडका चर्चित अभिनेता अर्जुन कपुरको सुटिङको क्रममा ठूलो दुर्घटना भएको छ । फिल्मको सेटबाट प्राप्त जानकारी अनुसार अभिनेता  ‘मेरे हसब्यान्ड की बीवी’ को सुटिङमा थिए ।

एक्कासी सेटको छत खसेर दुर्घटना भएको हो । यस दुर्घटनामा अर्जुन कपुर बाहेक निर्देशक मुदस्सर अजिज सहित ६ जना घाइते भएको जनाइएको छ ।

बलिउड हंगामाको रिपोर्ट अनुसार रोयल पाम्सको इम्पेरियल प्यालेसमा फिल्म  ‘मेरे हसब्यान्ड की बीवी’ को सुटिङ चलिरहेको थियो । समाचारका अनुसार फिल्मको गीतको छायांकन भइरहेका बेला अचानक सेटको छाना खसेको थियो ।

सेटमा अर्जुन कपुरसँगै फिल्मकी अभिनेत्री पनि थिइन् । यस दुर्घटनामा अर्जुन कपुर, ज्याकी भगनानी र निर्देशक मुदस्सर अजिज घाइते भएका छन् ।

Top Changing Nepal

युट्युब सट्स