‘अज्ञात राेग’ले भैसी धमाधम मर्न थाले, बर्दिवासका किसान चिन्तित
महोत्तरी । अज्ञात रोगका कारण महोत्तरीको उत्तरी क्षेत्रमा पशु चौपाया धमाधम मर्न थालेका छन् । बर्दिवासस्थित किसाननगर, कृष्णपुर लगायतका ठाँउहरुमा धमाधम घरपालुवा जनावर मर्न थालेका हुन ।
स्थानिय गाेपाल कार्कीका अनुसार बिगत ५ दिनको अन्तरालमा मनहरिपुरको राउत टोलमा मात्र २ वटा भैसी मरिसकेको छ भने अन्य किसान पूर्णबहादुर पौडेल र सरस्वति कार्कीको दुहुनो भैसी एक्कासी मरेको जनाइएकाे छ।
यसअघि हनुमान चोकमा अर्को किसानको भैसी समेत मृत अवस्थामा भेटिएको थियो । भैसीहरुमा कुनैपनि रोगको लक्षण नै नदेखी धमाधम मर्न थालेपछी किसानहरुको चिन्तित बनेका छन् । ‘बेलुका दुध दोहोएर गोठमा सारेको भैसी बिहान मरिराखेको रहेछ,’ सरस्वति कार्कीले भनिन, ‘एकै त लाख १५ हजार भन्दा बढी पर्ने भैसी गुमाउनु पर्र्यो ।’
भैसीहरु किन मरे भन्ने बिषयमा नगरले अनुसन्धान अगाडी बढाउन सकिएकाे छैन । यदपि यो विषयमा नगरको कृषि शाखालाई ध्यानाकर्षण गराईसकेको किसानहरुले बताएका छन् । तर नगर पशु स्वास्थ्य शाखाले भैसीहरु महामारीको कारण नभई कुनै खानामा विषादी भएको कारण मरेको हुन् सक्ने अनुमान गरेको छ ।
‘अहिलेसम्म कुनै त्यस्तो महामारीको लक्षण देखिएको छैन्,’ पशु स्वास्थ्य शाखाका अधिकृत मोहन खडकाले भने, ‘हामीलाई यो विषयमा किसानहरुले जानकारी गराएका थिए तर त्यस्तो माहामारी नै हो भन्ने हैन की खानामा विषादी अर्थात फुड पोइजन भएको हुन् सक्छ ।’ यद्दपी, थप अनुसन्धान भइरहेकाे उनले जनाए ।
वडा अध्यक्ष पदम आलेमगरले पनि अहिले मरेका भैसी रोग महामारीको कारण नभई अन्य कुनै कारणले मरेको हुन् सक्ने बताएका छन् । अहिले बर्दिवासको यो वडा नं.६ मात्र १५ सय भन्दा बढी भैसी किसानहरुको गोठमा रहेको अनुमान गरिएको छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

