अमेरिकी डलरकाे भाउ घट्याे, यस्तो रहेको छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार अमेरिकी डलर १८ पैसाले घटेको छ । आज डलर एकको खरिददर १३९ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ६२ पैसा कायम गरिएको छ । यसअघि मंगलबार यसको खरिददर १३९ रूपैयाँ २० पैसा र बिक्रीदर १३९ रूपैयाँ ८० पैसामा कारोबार भएको थिायो ।
बुधबार यूरोपियन युरो एकको खरिदमूल्य १४३ रूपैयाँ ५२ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ १४ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा एक रुपैयाँले बढेको हो । यसअघि मंगलबार यसको खरिदमूल्य १४२ रूपैयाँ ५२ पैसा र बिक्रीमूल्य १४३ रूपैयाँ १३ पैसामा कारोबार भएके थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७२ रूपैयाँ ६० पैसा र बिक्रीदर १७३ रूपैयाँ ३५ पैसा कायम गरिएको छ । यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ३२ र बिक्रीदर ८६ रूपैयाँ ७० पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ ३६ पैसा र बिक्रीमा ९६ रूपैयाँ ७८ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९६ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ९९ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ १७ पैसा तथा बिक्री दर १९ रूपैयाँ २५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५५ पैसा तथा बिक्री दर ९ रुपैयाँ ५९ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, बुधबार कतारी रियाल एकको खरिदमूल्य ३८ रूपैयाँ १३ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ ३० पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ०६ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ २२ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ८५ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०१ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार ३१ रूपैयाँ २८ पैसा र बिक्रीदर ३१ रूपैयाँ ४२ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४५० रूपैयाँ ०४ पैसा र बिक्रीदर ४५१ रूपैयाँ ९८ पैसा र बहराइन दिनार एकको खरिददर ३६८ रूपैयाँ ७४ पैसा र बिक्रीदर ३७० रूपैयाँ ३४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
सम्बन्धित समाचार
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
आजको मौसमः सातै प्रदेशमा वर्षाको सम्भावना
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

