सैयौं वृद्ध वृद्धा,अपाङ्ग तथा बिपन्नलाई बलैनंकेट कम्बल वित्तरण
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका यूनिटहरु मार्फत जिल्लाका सैयौं वृद्ध वृद्धा अपाङ्ग तथा अति गरिब बिपन्न नागरिक लाई न्यानो बलैनंकेट कम्बल बितरण गरिएको छ।
पुस महिना सुरुभए देखिनै रौतहटमा बिहानै देखी घाम नलागी हुसुलागेर चलेको सितलहर संगै बढेको जाडो बाट जोगाउन जिल्ला बिपद व्यवस्थापन समितिबाट प्राप्त ४५० थान बलैनंकेट कम्बल बितरण गरिएको प्रहरीले जनाएको छ।
छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी जिल्ला प्रहरी कार्यालय रौतहटबाट १०० थान, ईलाका प्रहरी कार्यालय गरुडाबाट ७५ ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरबाट ७५ त्यसैगरी क्रमसः ईलाका प्रहरी कार्यालय कटहरिया, लक्षमिनिया , गंगापिपरा, राजापुरबाट ५० थनको दरले गरी कुल ४५० थान बलैनंकेट कम्बल बित्तरण गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्।
यसपाली पुस महिनाको सुरुदेखि नै जाडो बढ्दै गएपछि ६५ बर्ष माथिका जेष्ठ नागरिक, सुत्केरी महिला, गर्भवती महिला, अपाङ्ग, तथा अती बिपन्न गरिब असहायलाई लक्षित गरी गत पुस २३ गते सिडियो हिरालाल रेग्मीको अध्यक्षतामा बसेको जिल्ला बिपद व्यवस्थापन समिति रौतहटको बैठकले कम्बल बलैनंकिट वित्तरण गर्ने निर्णय भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
सम्बन्धित समाचार
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
आजको मौसमः सातै प्रदेशमा वर्षाको सम्भावना
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो

