आजको विदेशी विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ काराेबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३८ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रूपैयाँ ०१ पैसा कायम गरिएको छ ।
आज यूरोपियन युरो एकको खरिदमूल्य १५३ रूपैयाँ २९ पैसा र बिक्रीमूल्य १५३ रूपैयाँ ९५ पैसा तोकिएको छ । त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७८ रूपैयाँ ८९ पैसा र बिक्रीदर १७९ रूपैयाँ ६७ कायम गरिएको छ ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८५ रूपैयाँ ५२ पैसा र बिक्रीदर ८५ रूपैयाँ ८९ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ३९ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८१ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ५१ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ५५ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ८८ पैसा तथा बिक्री दर १८ रूपैयाँ ८६ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५१ पैसा तथा बिक्री दर ९ रुपैयाँ ५५ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ९७ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ १३ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८७ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८५ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार ३० रूपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रूपैयाँ ११ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४५० रूपैयाँ ३० पैसा र बिक्रीदर ४५२ रूपैयाँ २६ पैसा र बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ १६ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ७६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित समाचार
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
आजको मौसमः सातै प्रदेशमा वर्षाको सम्भावना
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो

