करोडौँको अफर रहेको खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सुरु
काठमाडौं । ‘खल्ती’ले करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ को पूर्व ३ संस्करणको सफलता पछि अझै धेरै अफर, उपहार र उत्साहका साथ चौथो संस्करण यही जेष्ठ १ बाट सुरु गरेको छ । यस संस्करणमा खल्तीले जात्रा ब्याटल ग्राउन्ड नामक नयाँ रोमाञ्चक प्रतिस्पर्धा पनि ल्याएको छ जहाँ हरेक हप्ता खल्ती प्रयोगकर्ताहरूले नयाँ इन्फ्युन्सर सँग प्रतिस्पर्धा गर्नेछन्।
यस जात्रा अन्तर्गत ५ जनाले भेस्पा एलएक्स १२५ जित्न सक्नेछन्,९ जनाले होनर एक्स८ सी स्मार्टफोन जित्न साथै प्रयोगकर्ताहरूले अल्टिमा साउन्ड बार, स्मार्ट घडी, एअर बड देखि सयौँ उपहारहरू जित्न सक्नेछन्। पहिलेको संस्करणमा जस्तै हरेक खल्ती प्रयोगकर्ताहरूले आफ्नै प्रोमोकोड बनाई आफ्नो सञ्जालमा सेयर गर्न सक्नेछन् भने हरेक दिन खुत्रुके र हरेक भुक्तानीमा स्क्र्याचकार्ड मार्फत उपहारहरू जित्न सक्नेछन्।
जेठ १ गतेदेखि असार ३२ गतेसम्म लागु रहने ६३ दिनको यस जात्रा अवधिमा १५–१५ दिन गरी ४ राउन्ड रहेको छ। प्रत्येक राउन्डमा खल्तीबाट कुनै पनि २ भुक्तानी पूरा गर्ने प्रयोगकर्ताहरू भेस्पा एलएक्स १२५ को लागि ‘लक्की ड्र’मा सहभागी हुनेछन्। हरेक राउन्डको अन्त्यमा एक भाग्यशाली विजेता घोषणा हुनेछ। ४ वटै राउन्डहरूमा सहभागी हुने प्रयोगकर्ताहरू बोनस राउन्डका लागि स्वतः सहभागी हुनेछन् र बोनस राउन्डको पाँचौँ भेस्पा एलएक्स १२५ जित्न सक्नेछन्। कुल मिलाएर एक प्रयोगकर्ताले भेस्पा एलएक्स १२५ जित्ने ५ वटा मौका पाउनेछन्।
गत वर्ष जस्तै खल्तीले ‘सेयर अ कोड’ फिचरलाई निरन्तरता दिएको छ। । खल्ती एप भित्र जात्रा पेजमा गएर प्रयोगकर्ताहरूले ‘क्रियट ’ ट्याप गरी हरेक हप्ता आफ्नै प्रोमोकोड भएको कुपन बनाउन सक्नेछन् जुन सेयर गरी प्रयोगकर्ताहरू स्वयम् खल्ती इन्फ्लुन्सर बन्न सक्नेछन्। साथीभाइले प्रोमोकोड प्रयोग गरे अफर र क्यासब्याकको लाभ लिन सक्नेछन् भने सेयर गर्नेलाई हरेक कोड प्रयोगमा १० खल्ती पोइन्ट्स प्राप्त हुनेछ साथै हरेक हप्ता ५ मा ५ प्रयोग भएमा होनर एक्स ७बि स्मार्टफोन जित्ने मौका मिल्नेछ ।
अब यस संस्करणको मुख्य आकर्षणको कुरा गरौँ : ‘जात्रा ब्याटलग्राउन्ड’ । ‘सेयर अ कोड’ को विस्तारित खेल स्वरूप हो ‘जात्रा ब्याटलग्राउन्ड’ जसमा हरेक हप्ता २ टोली बिच प्रतिस्पर्धा हुनेछ । एक टोलीमा हुनेछन् एक जना कन्टेन्ट क्रियटर र उनले बनाएको आफ्नो कोड । अर्को टोलीमा हुनेछन् सम्पूर्ण खल्ती फ्यानहरू र उनीहरूले बनाएका कोडहरू । जुन टोलीले लक्षित गरिएको कोड प्रयोग सङ्ख्या पूरा गर्नेछ, जित उसैको हुनेछ। पहिलो हप्ता २B Gamer ब्याटलग्राउन्डमा देखिन्छन् भने हरेक हप्ता नयाँ क्रियटर आउने खल्तीले जनाएको छ।
दैनिक रूपमा ‘खुत्रुके’ फुटाएर विशेष कोड प्राप्त हुनेछ र हरेक दिन ‘लक्की ड्र’ मार्फत एक भाग्यशाली विजेताले साउन्ड बार, स्मार्ट घडी, एअर बड जस्ता अल्टिमा प्रडक्टहरू जित्नेछन् भने प्रयोगकर्ताहरूले रु. १०० भन्दा माथिको हरेक भुक्तानीमा डिजिटल स्क्र्याच कार्ड मार्फत विभिन्न किसिमका अफर र क्यासब्याकहरू प्राप्त गर्न सक्नेछन्।
पेमेन्ट जात्रा बारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, “करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ को हामी चौथो संस्करणमा छौँ र गत ३ वर्षका संस्करण भन्दा अझै परिष्कृत र नयाँ स्वरूपमा प्रयोगकर्ता माझ पस्किन पाउँदा हामी निकै नै उत्साहित छौँ। विगतका अफरमा जस्तै यस अफरमा पनि लाखौँ प्रयोगकर्ताहरू सहभागी हुनुहुनेछ र यस अफरले हाम्रो डिजिटल भुक्तानीमा अभ्यस्त बनाउने लक्षलाई बलियो बनाउनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ। आफैँले विभिन्न भुक्तानीका प्रोमोकोड बनाई सेयर गर्दै खल्तीको इन्फ्लुन्सर बन्न मिल्ने सुविधा रहेको साथै हरेक हप्ता कन्टेन्ट क्रियटर सँग कोड रिडिम गर्ने प्रतिस्पर्धाले जात्रामा अझै रोमाञ्चक भएको छ। भेस्पा एलएक्स १२५ , होनर स्मार्टफोन, दैनिक खुत्रुकेमा अल्टिमा प्रडक्ट सँगै डिजिटल स्क्र्याच कार्ड जस्ता हाम्रा अफरबाट यस जात्रामा कोही पनि खाली हात रहनु हुनेछैन । यस पेमेन्ट जात्रालाई एक भव्य भुक्तानी पर्वको रूपमा सफलता पूर्वक सञ्चालन गर्न सहकार्य गर्नुहुने सबै साझेदारहरूलाई हामी आभार व्यक्त गर्दछौँ साथै सबै जनालाई यस जात्रामा सहभागी भई अधिकतम लाभ लिन प्रोत्साहन पनि गर्दछौँ।”
सम्बन्धित समाचार
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
आजको मौसमः सातै प्रदेशमा वर्षाको सम्भावना
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

