बिर्तामोडमा एसएमएल इसुजुको ग्राहक भेटघाट कार्यक्रम सम्पन्न
काठमाडौं । जापानी प्रविधिमा आधारित एसएमएल इसुजु सवारीसाधनका लागि नेपालको एकमात्र आधिकारिक वितरक लक्ष्मी कमर्शियल भेहिकल्स प्रा. लि. ले झापाको बिर्तामोडमा भव्य ग्राहक भेटघाट कार्यक्रम सम्पन्न गरेको बताइएको छ। एसएमएल इसुजुको गुणस्तर, सेवा र दीर्घकालीन विश्वासलाई मजबुत पार्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा १५० भन्दा बढी उद्यमीहरूको उपस्थिति रह्यो।
कार्यक्रमको सुरुवातमा लक्ष्मी ग्रुप र एसएमएल इसुजुको कम्पनी विवरण प्रस्तुत गरिएको थियो। बस इन्चार्ज रामहरी थपलियाले एसएमएल इसुजु सवारीसाधनहरूको प्रविधिक विशेषता, नेपाली भू–बनोटमा यसको अनुकूलता र प्रदर्शन क्षमताबारे जानकारी गराए।
त्यसपछि सेल्स तथा आफ्टर सेल्स हेड सञ्जय खड्काले कम्पनीको सेवा नीति, ग्राहक सन्तुष्टि र निरन्तर सुधारप्रति कम्पनीको प्रतिबद्धता व्यक्त गरे। उनले ग्राहक सुझावलाई उच्च प्राथमिकतामा राखेर आगामी दिनमा अझ प्रभावकारी सेवा विस्तार गर्ने योजना सुनाए।
लक्ष्मी कमर्शियल भेहिकल्सलेएसएमएल इसुजु ब्रान्ड अन्तर्गतका बस तथा ट्रकहरू नेपालभर सेल्स, सर्भिस र स्पेयर पाट्र्स एउटै स्थानबाट उपलब्ध गराउँदै आएको कम्पनीको दाबी रहेको छ। स्कुल बस सेग्मेन्टमा यो ब्रान्ड लामो समयदेखि अग्रणी स्थानमा रहँदै आएको बताइएको छ।
झापा क्षेत्रको बजार र व्यवसायिक परिवेशलाई लक्षित गरी आयोजना गरिएको यो कार्यक्रममा सहभागीहरूले एसएमएल इसुजु सवारीसाधनप्रति अझ विश्वास बढाएको कम्पनीले जनाएको छ। आगामी दिनमा यस्ता ग्राहकमुखी कार्यक्रमहरू थप स्थानमा आयोजना गर्दै जाने योजना रहेको कम्पनीले बताएको छ।

सम्बन्धित समाचार
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ः शीर्ष ६ फाइनलिस्ट घोषणा
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ट्रेन्डिङ
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

