एन आई सी एशिया बैंकका ग्राहकलाई ‘लेट मेइन’का विभिन्न सेवाहरु र कोरियन प्रोडक्टहरुमा विशेष छुट उपलब्ध
काठमाडौं । एन आई सी एशिया बैंक र कोरियन स्किन हस्पिटल ‘लेट मेइन’ बीच सेवा तथा उत्पादनमा विशेष छुट उपलब्ध गराउने सहमति भएको छ। सम्झौताअनुसार काठमाडौंको नयाँ बानेश्वर, महाराजगञ्ज र पोखराको चिप्लेढुंगामा अवस्थित लेट मेइन शाखाहरूमा बैंकका ग्राहकले विभिन्न स्किन तथा हेयर केयर सेवाहरूमा विशेष छुट पाउनेछन्।
बैंकका ग्राहकले Hair Transplant, Facial, Anti-aging Treatment, Scar Treatment, Acne Treatment र Hyperbaric Oxygen Therapy जस्ता सेवाहरूमा १० प्रतिशत छुट पाउनुका साथै, लेट मेइनले उपलब्ध गराउने कोरियन स्किन केयर उत्पादनहरूमा ८ प्रतिशत छुट पाउने सुविधा प्राप्त गर्नेछन्।
उक्त छुटको लाभ लिन ग्राहकले आफ्नो एन आई सी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्नु पर्नेछ, वा MoBank मोबाइल एप मार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ। लेट मेइनसँगको यो सहकार्यबाट ग्राहकहरूलाई गुणस्तरीय सेवा र छुट सुविधा प्रदान हुनुका साथै, डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ।
सम्बन्धित समाचार
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

