एलएस अटोको नयाँ कार नेपालमा : नाइमा एक्सपोमा सार्वजनिक हुँदै
काठमाडौं । एलएस अटोको नेपालको लागि आधिकारीक वितरक नेक्सन भेन्चरले नयाँ मोडलका इलेक्ट्रीक भेहिकलहरु नेपाल भित्र्याएको बताएको छ । एलएस अटोले उत्पादन गरेको प्रिमियम ह्याचव्याक र अलह्वील ड्राइभका दुई मोडलहरु नेपाल आइपूगेका हुन् ।
आगामी साउन २१ बाट शुरु हुने नाइमा मोबिलिटी एक्सपोमा नेपाल भित्रिएका यी दुई मोडल एलईभी०५ र एलईभी एक्स प्रदर्शन हुनेछन् ।
एलईभी०५ एक प्रिमियम ह्याचव्याक कार हो । यो कारमा सेग्मेन्टकै सबैभन्दा ठूलो ५६ किलोवाट आवरको व्याट्री प्याक रहेको छ । ७० किलोवाटको मोटर भएको यो कारले नेपाली बाटोमा ४०० किलोमिटरको रेन्ज आरामले दिने कम्पनीले दावी गरेको छ ।
त्यस्तै एलईभी एक्स एक अल ह्विल ड्राइभ क्रसओभर एसयूभी हो । यस अघि नेपालमा बिक्री भइरहेको एलईभी वानको अल ह्विल ड्राइभ भर्सन एलईभी एक्स मा ७७ किलोवाट आवरको व्याट्री प्याक र १९८ किलोवाटको मोटर रहेको छ । यो एसयूभीले ५५० किलोमिटर सम्मको रेन्ज दिने कम्पनीले दावी गरेको छ ।
सेग्मेन्टमै सबैभन्दा धेरै २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको यो एसयूभी अल ह्विल ड्राइभ भएसँगै जस्तोसुकैै बाटोहरुमा समेत आरामले चलाउन सकिने भएको छ । कम्पनीका अनुसार एलईभी वानमा भन्दा अल ह्विल ड्राइभ एलईभी एक्समा क्याविनका केही फिचरहरु समेत अपडेट भएका छन् ।
यी कारको मूल्य भने नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक गर्ने कम्पनीले योजना बनाएको जनाएको छ ।
सम्बन्धित समाचार
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ः शीर्ष ६ फाइनलिस्ट घोषणा
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ट्रेन्डिङ
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

