बिरगञ्जमा १४ लाख हुन्डी रकमसहित २ जना पक्राउ
वीरगञ्ज । विशेष सूचनाका आधारमा पर्सा प्रहरीले १४लाख बढी हुण्डी रकम सहित दुईजना लाई पक्राउ गरेको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका–२ घुसुकपुरस्थित इदगाह चोक सडकखण्डबाट श्रोत नखुलेको १४ लाख १३ हजार ५०० रुपैयाँ हुण्डीको रकमसहित दुई जनालाई पक्राउ गरेको हो।
बिहीवार साँझ करिब सवा ४ बजे प्रहरीले भारतिय नम्बर प्लेट BR05 AB 7761 र प्रदेश २–०३–००२ प ५५४४ नम्बरका मोटरसाइकल रोकी जाँच गर्दा रकम बरामद भएको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताएका छन्।
पक्राउ पर्नेमा वीरगञ्ज–२ घुसुकपुर निवासी ३९ वर्षीय संजय कुमार साह र बारा महागढीमाई नगरपालिका–४ बगडमपुर निवासी ४१ वर्षीय शनि कुमार ठाकुर रहेका छन्। उनीहरूले मोटरसाइकलमा फल्स सिलिङ बनाई रकम लुकाएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
बरामद गरिएको रकममा १हजार दरका नोट १० लाख रुपैयाँ र ५०० दरका नोट ४ लाख १३ हजार ५०० रुपैयाँ रहेको छ।
पक्राउ परेकालाई नियन्त्रणमा लिएर मुलुकी अपराध संहिता २०७४ को दफा १२५(क) बमोजिम हुण्डी कारोबारसम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

