मनाङका दुर्गम क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार
काठमाडौं । नेपाल टेलिकमले हिमालपारीको जिल्ला भनेर चिनिने मनाङका दुर्गम तथा विकट स्थानहरुमा फोरजी सेवा विस्तार गरेको छ।
कम्पनीले गाउँपालिका–१ पिसाङ, वडा नं.३ ब्रागा, वडा नं. ८ टंकी मनाङ र वडा नं. ९ खाङसारमा नयाँ बी-टी-एस स्थापना गरी आश्विन ४ गतेदेखि फोरजी सेवा सञ्चालनमा ल्याएको हो। यसअघि यी क्षेत्रमा भी-स्याट प्रविधिबाट टु-जी सेवा मात्र उपलब्ध थियो। पर्यटकको चाप र स्थानीय मागलाई ध्यानमा राख्दै नयाँ प्रविधि विस्तार गरिएको नेपाल टेलिकमले जनाएको हो ।
यसका साथै, चामे गाउँपालिका–३ को कोटोगाउँमा नयाँ बी.टी.एस स्थापना गरी आश्विन १ गतेदेखि टुजी र फोरजी सेवा उपलब्ध भएको छ। सो सेवाले स्थानीय बासिन्दा र हाइड्रोपावर क्षेत्रमा कार्यरत सयौं ग्राहकलाई सहज हुने अपेक्षा गरिएको छ। त्यस्तै नासोङ गाउँपालिका–१ तालगाउँमा पनि थ्री-जीसँगै आश्विन ५ गतेदेखि फोर-जी सेवा थपिएको छ, जसले लमजुङ जिल्लाको उत्तरी च्याम्चे क्षेत्रसम्म कवरेज पुर्याउनेछ।
नेपाल टेलिकमका अनुसार तिलिचो बेस क्याम्प र थोरोङफेदीमा पनि चाँडै फोर-जी सेवा विस्तार गर्ने प्रक्रिया अघि बढाइएको छ। हाल नार्पाभूमी गाउँपालिका बाहेक मनाङका सबै पालिकामा टेलिकमको फोर-जी सेवा पुगेको कम्पनीले जनाएको छ।
नेपाल टेलिकमले दुर्गम क्षेत्रमा गुणस्तरीय दूरसञ्चार सेवा पुर्याउने कार्यलाई सधैं प्राथमिकतामा राख्दै आएको जनाएको छ।
सम्बन्धित समाचार
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

