बतास एमएडब्ल्यू कमर्सियल भेइकल्सको राष्ट्रिय मेगा सर्भिस क्याम्प सुरु : ग्राहकहरूलाई विशेष छुट
काठमाडौं । बतास एम.ए.डब्ल्यू. कमर्सियल भेइकल्सले EICHER ग्राहकहरूका लागि विशेष रूपमा राष्ट्रिय मेगा सर्भिस क्याम्पको सुरुवात गर्ने भएको छ ।
यो क्याम्प मंसिर १७ देखि मंसिर २९ सम्म सञ्चालन हुनेछ । यस पहलको उद्देश्य सवारी साधनको कार्यक्षमता बढाउने, उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्ने र ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने रहेको छ । क्याम्पमा आकर्षक छुटहरू र सेवाहरू उपलब्ध गराइने छ ।
नेपालभरका सबै Eicher Exclusive Workshop तथा सबै शाखाहरूमा उपलब्ध यस मेगा सर्भिस क्याम्पमार्फत ग्राहकहरूले निःशुल्क सर्भिस तथा छुट सुविधा प्राप्त गर्न सक्नेछन्। निरन्तर र सहज सेवा पाउनका लागि अग्रिम बुकिङ अनिवार्य गरिएको बताइएको छ।
ग्राहकहरूलाई क्याम्प अवधि मा स्पेयर पार्ट्समा १२% छुट, अन्य लुब्रिकेन्ट्समा १८% छुट, EICHER लुब्रिकेन्ट्समा २५% छुट, ठुला मर्मत कार्यहरूको ज्यालामा २०% छुट, नि:शुल्क बम्पर-टु-बम्पर चेकअप र ३५-पोइन्ट इन्सपेक्सन तथा प्रत्येक सहभागी सर्बिसिंग मा सहभागी ग्राहकलाई नि:शुल्क विण्डचिटर प्रदान गरिनेछ।
बतास एम.ए.डब्ल्यू. कमर्सियल भेइकल्सका प्रतिनिधिका अनुसार, “यो क्याम्प EICHER ग्राहकहरूलाई उनीहरूको सवारी साधनलाई उत्कृष्ट अवस्थामा राख्न मद्दत गर्ने र उनीहरूको सन्तुष्टि बढाउने लक्ष्यका साथ आयोजित गरिएको हो। नेपालभरका EICHER प्रयोगकर्ताहरूलाई यो अवसरबाट लाभान्वित हुन आमन्त्रण गर्दछौं।”
सम्बन्धित समाचार
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ः शीर्ष ६ फाइनलिस्ट घोषणा
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ट्रेन्डिङ
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

