दुई जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । मंसिर १६ गते, मंगलबार, सुपर मादी हाइड्रोपावर र माउन्टेन इनर्जी नेपालका लगानीकर्ताले लाभांश सुरक्षित गर्नुपर्ने अन्तिम दिन रहेको छ। दुवै कम्पनीले यही मितिमा बुकक्लोजका प्रक्रिया अघि बढाउँदैछन्।
माउन्टेन इनर्जीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ भोली एक दिनका लागि बुकक्लोज गर्नेछ, जबकि सुपर मादी हाइड्रोपावरले भोलीदेखि पुस ४ गतेसम्म बुकक्लोज रहने व्यवस्था गरेको छ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भएका शेयरधनीले दुवै कम्पनीको साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
सुपर मादी हाइड्रोपावर (SMHL) ले हाल कायम चुक्ता पूँजीको ५% बोनस शेयर र कर प्रयोजनार्थ ०.२६४२% नगद लाभांश वितरण गर्ने प्रस्तावसहित पुस ४ गते होटल इम्पेरियलमा १६औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुने छ।
उता, माउन्टेन इनर्जी (MEN) ले हाल कायम चुक्ता पूँजीको २०% बोनस शेयर र कर प्रयोजनार्थ १.०५२६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न मंसिर २९ गते साधारण सभा बोलाएको छ।
सम्बन्धित समाचार
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

