सेल्टा भिगोसँग रियल म्याड्रिड स्तब्ध
काठमाडौं । स्पेनिस लिग ला लिगामा रियल म्याड्रिड स्तब्ध बनेको छ । आइतबार राति भएको खेलमा ९ खेलाडीमा समेटिएको रियल म्याड्रिड सेल्टा भिगोसँग २-० गोलले पराजित भएको हो ।
इस्टाडियो सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन विलियट स्वेडबर्गले दुई गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३ औँ मिनेटमा विलियटले गोल गर्दै सेल्टा भिगोलाई शुरूवाती अग्रता दिलाएका थिए । ६४ औँ मिनेटमा फ्रान्सिस्को गार्सिया दुई मिनेटको अन्तरालमा दुई पहेंलो कार्डसहित रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि म्याड्रिड १० खेलाडीमा समेटिएको थियो ।
दोस्रो हाफको इन्जुरी समयमा अल्भारो कारेरासपनि रातो कार्ड पाउँदै मैदान छोडेपछि म्याड्रिडले ९ खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो । एक मिनेटपछि विलियटले व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीलाई २-० गोलको जित दिलाएका हुन् ।
जितसँगै सेल्टा भिगो १५ खेलबाट १९ अंक जोड्दै दसौं स्थानमा उक्लिदा म्याड्रिडले शीर्ष स्थानमा रहेको बार्सिलोनासँग अंकदुरी घटाउने मौका गुमाएको छ । हाल म्याड्रिड १६ खेलबाट ३६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ भने शीर्ष स्थानको बार्सिलोनाको समान खेलबाट ४० अंक रहेको छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

