Jankari Kendra
३ भाद्र २०८३, बुधबार
Worldlink

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, मंसिर, २६
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ५३ हजार एकसय रुपैयाँमा कारोबार भइरहेको छ। सुनको मूल्य हिजो तोलाको दुई लाख ५२ हजार एकसय रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य पनि बढेर अहिलेसम्मकै उच्च भएको छ। आज चाँदी प्रतितोला तीन हजार आठ सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य ३ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

Top Changing Nepal

युट्युब सट्स