परिचयपत्र हरायो ? यी सरकारी कागजातले पनि गर्न सकिन्छ मतदान
काठमाडौँ । निर्वाचन आयोगले मतदान प्रक्रियालाई सजिलो बनाउन परिचयपत्र सम्बन्धी व्यवस्था मिलाएको छ । आयोगका अनुसार मतदान गर्न जादाँ मतदाता परिचयपत्रलाई नै अनिवार्य आवश्यक रुपमा नलिई वैकल्पिक रुपमा अन्य सरकारी परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।
मतदानका दिन मतदाता परिचयपत्र नभएको अवस्थामा पनि नेपाली नागरिकताको प्रमाणपत्र,राष्ट्रिय परिचयपत्र,राहदानी,सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्रमध्ये कुनै एक सक्कल कागजात देखाएर मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै गरी यस्ता कागजात लिएर मतदान गर्न जाने मतदाताको नाम भने अन्तिम मतदाता नामावलीमा समावेश हुनुपर्ने आयोगले स्पष्ट पारेको छ । नामावलीमा नाम रहेका मतदाताले सम्बन्धित मतदान केन्द्रमा गएर आफ्नो पहिचान खुल्ने सक्कल सरकारी कागजात देखाएपछि मतदान गर्न पाउनेछन् । यस व्यवस्थाले मतदातालाई मतदान प्रक्रियामा सहभागी हुन थप सहजता प्रदान गर्ने विश्वास आयोगले व्यक्त्त गरेको छ।
सम्बन्धित समाचार
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

