आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८१ पैसा तोकिएको छ ।
केन्द्रीय बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ १७ पैसा र बिक्रीदर १७० रुपैयाँ ८६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ २१ पैसा र बिक्रीदर १९८ रुपैयाँ ०१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३२ पैसा कायम गरिएको छ ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ १२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११५ रुपैयाँ ९६ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ २८ पैसा र बिक्रीदर नौ रुपैयाँ ३२ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ४३ पैसा र बिक्रीदर २१ रुपैयाँ ५१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ २३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३८ पैसा र बिक्रीदर ४० रुपैयाँ ५४ पैसा कायम भएको छ ।
थाइ भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ०८ पैसा र बिक्रीदर ४० रुपैयाँ २५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ , स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५ रुपैयाँ ९६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७७ पैसा र बिक्रीदर २२ रुपैयाँ ८७ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ८८ पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ २९ पैसा र बिक्रीदर ४८२ रुपैयाँ २५ पैसा, बहराइन दिनार एकको खरिददर ३८९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ४५ पैसा, ओमनी रियाल एकको खरिददर ३८२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ९४ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
सम्बन्धित समाचार
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
आजको मौसमः सातै प्रदेशमा वर्षाको सम्भावना
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो

