कब्जियत हटाउन के खाने ?
कब्जियत आफैँमा कुनै रोग होइन । यो पेट, आन्द्रा अथवा समग्र पाचन प्रणालीमा उत्पन्न समस्याको असर मात्र हो । प्राकृतिक रूपमा कब्जियतको समस्या कम गरी दिसा खलास गर्न यस्ता खानेकुरा खानमा जोड दिनुपर्छ :
रेसायुक्त खाना
गहुँ, मकै, बोक्रासहितको आलु, हाडेबदाम, तरकारी, जौजस्ता रेसायुक्त खाना बढी खानाले कब्जियतको समस्या कम हुन्छ । रेसायुक्त खानाले पाचन प्रक्रियालाई सहज बनाउँछ ।
गेडागुडी
गेडागुडीमा प्रोटिन, भिटामिन र फाइबर प्रचुर मात्रामा हुन्छन् । दिनहुँ यस्ता खानेकुरा खाने गर्नाले कब्जियतको समस्या क्रमशः कम हुँदै जान्छ।
मह
बिहान मनतातो पानीमा मह र कागतीको रस मिसाएर खाने गर्नाले कब्जियतको समस्या कम हुन्छ ।
कागती
कागतीमा सिट्रस एसिडको मात्रा उच्च हुन्छ, जसले आन्द्रामा जम्मा भएका फोहोरलाई निकास गराउन मद्दत गर्छ । खाना, पेय आदिमा कागती दिनहुँ खाने गर्नु कब्जियतको समस्या भएकाका लागि लाभदायक हुन्छ ।
योग
पेट, आन्द्रा, कलेजोलगायत शरीरका भाग तन्किने खालका योगासन गर्नाले पनि कब्जियतको समस्या कम हुन्छ । विशेषज्ञबाट उपयुक्त योगासनबारे परामर्श लिई दिनहुँ योग गर्नाले दिसा खलास नहुने समस्याबाट क्रमशः मुक्ति पाउँदै गइन्छ ।
पानी
कब्जियतको समस्या कम गर्ने अचुक उपायमध्ये पानी एक हो । कब्जियत भएकाहरूले सामान्य मानिसले भन्दा बढी पानी खानुपर्छ । यसले आन्द्रा, पेट आदिलाई सफा राख्छ । पानीको सट्टा सोडा, कोल्ड ड्रिंक्स आदि खाने बानी बसाल्नु भने हुँदैन ।फलफूल र तरकारी
ताजा फलफूल र तरकारीमा भिटामिन, खनिज र फाइबर प्रशस्त मात्रामा पाइन्छन् । साथै फलफूल र तरकारी बढी खाने गर्नाले पानीको ‘इन्टेक’ पनि बढ्न पुग्छ । कब्जियत भएकाहरूले फलफूल र तरकारी बढी मात्रामा खानुपर्छ ।
सम्बन्धित समाचार
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

